२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकाले भिसा नदिएकै कारण सन्दीप लामिछाने अर्कै रुटबाट शनिबार काठमाडौं आइपुग्ने

काठमाडौं । नेपाली क्रिकेट टिम आइसीसी टी–२० विश्वकप क्रिकेट खेलेर स्वदेश फिर्ता भएको छ । गएराति र आज विहान गरेर दुई समूह बनाएर नेपाली क्रिकेट टिम काठमाडौं आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट संघका पदाधिकारीले नेपाली क्रिकेट टोलीलाई स्वागत गरेका थिए ।

नेपाली क्रिकेट टिम काठमाडौं उत्रिँदै गर्दा क्रिकेटर सन्दीप लामिछाने भने आएका छैनन् । उनी पहिला खेल्न जाँदा पनि एक्लै गएको र अहिले आउँदा पनि एक्लै आउने छन् । अमेरिकाले सन्दीपलाई भिसा नदिए पछि उनी वेस्टइन्डिजमा भएका समूह चरणका खेलका लागि मात्रै गएका थिए । सन्दीप क्यानडाको बाटो हुँदै गएका हुन् । उनी फर्किदा पनि त्यही बाटोभएर आउने छन् । सन्दीपको प्रक्रिया फरक भएकाले उनी आज सिंगो टिमसँग काठमाडौं नआइपुगेको जनाइएको छ । सन्दीप शनिबार क्यानडाको रुटबाट काठमाडौं आइपुग्ने उनका कानूनी सल्लाहकार सरोज कृष्ण घिमिरेले जानकारी दिएका छन् ।

सन्दीपले दक्षिण अफ्रिका र बंगलादेशविरुद्धको खेलमा खेलेका थिए । दुवै खेलमा गरेर उनले २ विकेट लिए । उनको २ विकेटसँगै सन्दीपले टी २० क्रिकेटमा १०० विकेट पनि पूरा गरेका छन् । सन्दीप सर्वाधिक थोरै ५४ खेलमा १०० विकेट लिने विश्वको दोस्रो खेलाडी बनेका छन् । उनी भन्दा अगाडि अफगानिस्तानका राशिद खानले ५३ खेलमा १०० विकेट पूरा गरेका थिए ।

 

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस