२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली क्रिकेट टीम फर्कियो, मोन्टी र सन्दीप लामिछाने किन आएनन् ?

Nepali cricket team is back, why didn't Monty and Sandeep Lamichhane come

काठमाडौं । टी–२० विश्वकपमा सहभागी भएर नेपाली राष्ट्रिय क्रिकेट टीम स्वदेश फर्किएको छ । हिजो राति र आज बिहान गरी दुईवटा समूहमा बाँडिएर टिम फर्किएको हो । कुशल भुर्तेल, सोमपाल कामी, आसिफ शेख, करन केसी र अविनाश बोहरालगायतको समूह हिजो राति १० बजे विमानस्थलमा ओर्लिएको थियो । कप्तान रोहित कुमार पौडेल लगायत बाँकी रहेका खेलाडी तथा अफिसियल आज आएका हुन् ।

स्पीनर सन्दीप लामिछाने भने आइपुगेका छैनन् । टीमका अन्य सदस्य अमेरिका भएर नेपाल आएको क्यान स्रोतले बताएको छ । सन्दीपसँग अमेरिकाको भिसा नभएकाले उनी अर्को रुटबाट आउनु परेको छ । उनी क्यानडाबाट आउने छन् ।

दुई दिनपछि उनी आइपुग्ने बताइएको छ । यस्तै प्रशिक्षक मोन्टी देशाईँ पनि आएका छैनन् ।

 

 

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस