२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पशुपति मन्दिरको भेटी चोरी प्रकरणमा ५ जना जेल चलान

६ असार, काठमाडौं । पशुपति मन्दिरको भेटी चोरी आरोपमा पक्राउ परेका पाँच पुर्पक्षका लागि कारागार चलान भएका छन् । एक जना धरौटीमा छुटेका छन् । बुधबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश कपिमणि गौतमको इजलासले पाँच जनालाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो ।

अदालतको आदेशपछि चोरी आरोपमा पक्राउ परेका पशुपति क्षेत्र विकास कोषका नायब सुब्बा नवराज ढोडारी र मन्दिरका ब्राह्मण नवराज घिमिरेसहित सञ्जय कपाली, कुमार दमाई र अनिल परियार कारागार चलान भएका हुन् । उनीहरुलाई केन्द्रीय कारागार सुन्धारा चलान गरिएको प्रहरी वृत्त गौशालाका डीएसपी केशवकुमार थेबेले बताए ।

त्यसैगरी पक्राउ मुद्दा चलाइएका मध्ये सत्यनारायण जोशी भने रिहा भएका छन् । उनलाई ३ लाख धरौटीमा छाड्नु भन्ने आदेश आएपछि धरौटी तिरेर हिरा भएको उनले बताए । ६ जनाविरुद्ध २ करोड ३० लाख १ हजार बिगो मागदाबी गर्दै चोरीको कसुरमा मुद्दा चलाइएको थियो ।

 

प्रकाशित मिति : २०८१ असार ७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस