असार ५, काठमाडौँ । कोशी प्रदेश, मधेस, बागमती र गण्डकीमा पुर्ण बदली भएको छ ।
बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थान तथा बागमती प्रदेशको केही स्थानमा मेघ गर्जन सहित हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज राती भने कोशी , मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही एक दुई स्थानमा वर्षा हुनेछ भने बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।
पूर्वी भू–भागमा सक्रिय रहेको मनसुनी प्रणाली विस्तारै पश्चिम तर्फ सक्रिय भएपछि वर्षा सुरु भएको हो । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २२ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम २९ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ ।