२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘सोचेझैँ जिन्दगी रैनछ’ गायिका अस्ट्रेलियामा भोग्दैछिन् यातना, गर्भ अवस्थामै दोस्रो बिहे धरापमा

काठमाडौं । यस्तो लाग्छ, तीन वर्षअघि आफैँले गाएको चर्चित गीत ‘सोचेझैँ जिन्दगी रैनछ’ उनी आफ्नै लागि लेखिएको थियो । आफ्नै बिरह गाइएको थियो । नभन्दै यो गीत दुरुस्तै गायिका मधु क्षेत्रीसँग मिल्न गएको छ । यतिबेला उनै चर्चित गायिका मधु क्षेत्रीलाई आफैँले गाएको गीत आफ्नै लागि मिल्न गएको महसुस हुँदैछ । उनका फ्यान तथा धेरै स्रोत दर्शकले समेत त्यही टिप्पणी गर्न थालेका छन् ।

किनभने छ महिनाअघि संगीतसँग सम्बन्ध विच्छेद गरेर अस्ट्रेलिया गएकी यी चर्चित गायिका मधु क्षेत्रीको दोस्रो वैवाहिक सम्बन्ध पनि धरापमा परेको छ । पतिबाट घरेलु हिंसा भोगिरहेको उनी आफैँले खुलासा गरेकी छिन् । उनी स्थायी बसोबास गर्ने उद्देश्य लिएर अस्ट्रेलिया पुगेकी थिइन् । उनले २ दिनअघि टिकटक लाइभमा आएर पतिसँग सम्बन्ध राम्रो नभएको खुलासा मात्र गरिन् ।

मधु अहिले गर्भवती छिन् । मधुले रुँदै मध्यरात लाइभमा आएर आफूलाई पतिले कुट्ने गरेको समेत सुनाइन् । उनले आक्रोशित हुँदै भनेकी छिन्, ‘‘उसको दाइले पनि पेटको बच्चा उसको भाइको होइन भन्छ रे । म देखाउँछु कसको हो ? मलाई पनि उसले ह्यारेसमेन्ट गरेको थियो ।’’ घर परिवारकै कारण आफ्नो पतिले आफूलाई हेला गरेको मधुको गुनासो छ ।

वर्ष दिनअघि बिहे गरेकी उनी ६ महिनाअघि अस्ट्रेलिया गएकी हुन् । पहिला मधु अस्ट्रेलियामा पति सुरेश खड्कासँगै बस्थिन् । अस्ट्रेलिया पुगेको ४ महिनामै आफूलाई छोडेको उनले बताएकी छिन् । अहिले अस्ट्रेलियामा सुरेशको पहिलो पत्नीबाट भएको छोरा, दाइ भाउजू र दाइकी छोरी समेत छिन् । मधुकी छोरी पनि १७ वर्षकी भइसकिन् । आफ्नी छोरी राती ११ बजे घर फर्कने बेलामा पति सुरेशले लिन नगएको समेत मधुले गुनासो गरेकी छिन् ।

उनले गुनासो गरेकी छिन्, ‘‘मध्यराती कालेहरू हिँड्ने बाटोमा मेरी जवान छोरी एक्लै हिँड्दै घर आउँछिन् । तर उ लिन जाँदैन । कस्तो माया नलागेको । दाइकी छोरी लिन जाँदोरेछ । मेरी छोरीले देख्छे भनेर गाडी पनि पर राख्दोरेछ ।’’

मधुका अनुसार उनी र उनकी छोरीलाई ससुराले पटकपटक दुर्व्यवहार गरेका थिए । ससुराले आफूहरूलाई ब्याड टच गर्ने गरेको भनेर श्रीमानलाई सुनाउँदा उल्टै आफूलाई तथानाम गाली गरेको उनको गुनासो गरेकी छिन् । करिब तीन महिनाअगाडि उनी छोरीलाई लिएर सुटुक्क घरबाट निस्किइन् । त्यसपछि एउटा रेस्क्यू सेन्टरमा आश्रय लिएर आमाछोरी बस्न थालेको उनको बताएकी छिन् ।

पहिलो बिहे असफल भएपछि लामो समय सिङ्गल बसेकी मधुले गतवर्ष दोस्रो बिहे गरेकी थिइन् । मधुका नयाँ श्रीमान् सङ्गीतकर्मी भने होइनन् । आफूलाई माया गर्ने स्वभावको भएको मधुले बताएकी थिइन् । नयाँ सम्बन्धमा औधी खुशी भएकी मधुको खुसीमा उनका फ्यानहरू समेत खुशी भएका थिए । उनीहरूको जोडीलाई धेरैले राम्रो भन्थे ।

मधुले धेरै अन्तरवार्तामा आफूहरुबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन अन्तरवार्ताहरू दिएकी छन् । धेरैले सोचेका पनि थिएनन्, उनीहरूको सम्बन्ध छिट्टै दुर्घटनामा पर्नेछ । त्यो खुशी धेरै दिन टिक्न नसकेको जब देखियो, मधुले रुँदै लाइभमा सबै कुरा सुनाइन् ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस