२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गायिका अस्मिता अधिकारी र गायक महेश काफ्लेले गरे इन्गेजमेन्ट

काठमाडौं । चर्चित गायिका अस्मिता अधिकारीले गायक महेश काफ्लेसँग इन्गेजमेन्ट गरेकी छन् । बुधबार उनिहरुले सामाजिक सञ्जाल फेसबुकमार्फत आफुहरुले इन्गेजमेन्ट गरेको घोषणा गरेका हुन् ।

दुबईको बुर्ज खलिफाको सामुन्ने तस्बिर खिचाउँदै काफ्लेले लेखेका छन्, ‘सहयात्राको यो सुरुवात । हामी इन्गेज्ड भएका छौँ ।’

गायक काफ्ले र अधिकारी लामो समयदेखि प्रेम सम्बन्धमा थिए । अहिले उनीहरूले आफ्नो सम्बन्धलाई औपचारिकता दिएका हुन् ।

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस