२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

छोराको जन्मदिनमा गायक राजेशपायलप्रति पूर्वपत्नीले देखाइन् सद्भाव

काठमाडौं । गायक राजेशपायल राईको वैवाहिक जीवन छोटो समयमै दुर्घटित भयो । पूर्वपत्नीलाई डिभोर्स दिने क्रममा राजेशपायलले महंगो सम्झौता गरेका थिए । राजेशपायल र उनकी पूर्वपत्नी साङबुङ राईबाट एक सन्तानका रूपमा छोरा सायारेम छन्, जो आज दुई वर्ष पूरा भए । बुबाआमाको डिभोर्सपछि सायराम आमासँग बस्छन् । उनको आर्थिक दायित्व भने राजेपायलको काँधमा छ ।

छोरालाई जन्मदिनमा बुबा र आमा दुवैले सामाजिक सञ्जालबाट शुभकामना दिएका छन् । साङवुङको शुभकामना पोस्ट भने अलि विशेष छ । डिभोर्सपछि पनि राजेशपायलप्रति उनको सद्भाव यथावत रहेको पोस्टबाट झल्किन्छ । उनले राजेशपायलसँगको तस्विर हाल्दै भिडिओ बनाएर छोरालाई शुभकामना दिएकी हुन् ।

सो पोस्टमा साङबुङले लेखेकी छन्ः ‘बुबाआमा भइसकेपछि हामीले महसुस गर्याैं कि हाम्रो लागि हाम्रो बच्चाले मात्रै मतलब राख्छ । हामी आफ्नो बच्चाको लागि जे पनि गर्न तयार छौं ।’

उनले राई इज किङ ह्यासट्याग पनि प्रयोग गरेकी छन् । राजेपायलले गाएको ‘सागरसरी चोखो माया…’ बोलको गीतमा उनले यो भिडियो बनाएकी हुन् । यता, राजेशपायलले भने छोराका लागि नयाँ गीत नै रेकर्ड गरेका छन् । राजेशपायलकै रचना, संगीत र स्वर रहेको गीत आज उनले रिलिज गरेका हुन् ।

गीतमा छोराका तस्बिर र भिडिओ उनले प्रयोग गरेका छन् । म्युजिक भिडिओेमा परिवारका अरू सदस्य देखिए पनि साङबुङ छैनन् । यद्यपि, साङबुङले पनि यो गीत शेयर गरेकी छन् ।

 

प्रकाशित मिति : २०८१ असार ६ गते बुधवार
प्रतिक्रिया दिनुहोस