२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

असार ४, काठमाण्डौँ । वैदिक सनातन धर्मावलम्बी, वैष्णव सम्प्रदायका श्रद्धालुले आज आँगनको मठमा तुलसीको दल राखेका छन् ।
प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राखिन्छ । यो दिनलाई निर्जला एकादशी पनि भनिन्छ । यो दिन राखेको दल तुलसीको बेर्ना तयार भएपछि आषाढ शुक्ल एकादशीका अर्थात् हरिशयनी एकादशीका दिन रोपिन्छ ।

यसपालि एकादशी तिथि पूरै सोमबार नै परेको थियो त्यसैले वैदिक परम्पराका अनुयायीले सोमबार नै तुलसीको दल राखेका छन् । अन्तर्राष्ट्रिय कथा वाचक पंकज कुबेर सुवेदीले भने वैष्णव सम्प्रदायका लागि मंगलबार बिहान तुलसीको दल राख्न उपयुक्त दिन हुने बताएका छन् ।

मंगलबार सूर्योदयअघि नै द्वादशी तिथि लागिसकेको छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिन चार महिनासम्म तुलसीको विशेष पूजा गरी तुलसीको स्याहार गर्ने प्रचलन छ । त्यसपछि दामोदरसँग तुलसीको विवाह गरिदिने गरिन्छ ।

आज काठमाडौंको बुढानिलकण्ठलगायत विष्णु मन्दिरमा श्रद्धालु भक्तजनको घुइँचो लाग्ने गर्दछ ।

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस