२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सेयर बजार १८.७६ अंकले घट्यो, ४ अर्बको कारोबार

४ असार, काठमाण्डौँ । सेयर बजारको कारोबार विस्तारै ओह्रालो लागेको छ । मंगलबार बजार परिसूचक १८.७६ अंकले घट्दै २०७६.४९ को विन्दुमा रह्यो । ९५ लाख ४४ हजार ७३४ कित्ता सेयर ४ अर्ब ५ करोड ५७ लाख रुपैयाँमा किजबेच भएको छ ।

यसअघि गत आइतबार बजार १७.०४ अंकले घट्दै २०९५.२५ विन्दुमा रहँदा १ करोड ३२ लाख २३ हजार ८८४ कित्ता सेयर ५ अर्ब ४७ करोड २२ लाख रुपैयाँमा कारोबार भएको थियो । गत साताको अन्तिम कारोबार दिन बिहीबार परिसूचक ९.३२ अंकले घटेर २११२.२९ विन्दुमा रहँदा कारोबार रकम ६ अर्ब ४४ करोड ३० लाख रुपैयाँ थियो ।

मंगलबार १३ उपसमूहमा सबै घटेका छन् । वाणिज्य बैंक १.१६ र फाइनान्स उपसमूह १.०४ प्रतिशतले घटेका छन् । १९८ कम्पनीको सेयरमूल्य घट्दा मनकामना स्मार्ट लघुवित्त र कुथेली बुखारी साना जलविद्युतका लगानीकर्ता बढी नोक्सानमा छन् । यी दुई कम्पनीको सेयरमा नेगेटिभ सर्किट लागेको छ । ​बाराही, भगवती,मेन्छियामलगायतका हाइड्रोपावरको सेयरमूल्य पनि घटेको छ ।

जलविद्युत उपसमूह घटे पनि सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा भने जलव्दिुत कम्पनी नै परेको छ । वरुण हाइड्रोपावरको ११ करोड २७ लाखको सेयर कारोबार भएको छ । यस्तै सीइडीबी हाइड्रोपावरको १० करोड ३७ लाख, एनआरएन इन्फ्रास्ट्रक्चरको १० करोड ३७ लाख, ग्लोबल आइएमई लघुवित्तको ९ करोड ४१ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस