२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टि-ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली घर फर्कदै

४ असार, काठमाण्डौँ । टि-ट्वान्टी विश्वकपको समूह चरणबाट बाहिरिएको नेपाली राष्ट्रिय क्रिकेट टोली आज फर्कदै छ ।

सेन्ट भिन्सेन्टबाट अमेरिकाको‌ फ्लोरिडा त्यसपछि कतारको दोहा हुँदै बिहीबार काठमाडौं पुग्ने टोली नेता तथा नेपाल क्रिकेट संघ क्यानका सदस्य दिवाकर घलेले जानकारी दिए । हवाई टिकटका कारण टोली दुई समूह गरेर काठमाडौं आईपुग्ने बताइएको छ ।

जुन १४ मा दक्षिण अफ्रिकासँगको रोमान्चक खेलमा १ रनले पराजित भएसँगै नेपाली टोली विश्वकपको समूह चरणबाटै बाहिरिएको थियो । समूह चरणको अन्तिम खेलमा बंगलादेशसँग २१ रनले पराजित भएसँगै नेपालको विश्वकप यात्राको अन्त्य गरेको छ ।

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस