२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हङ्गेरीद्वारा गाजा सङ्कटको वृद्धि रोक्न अन्तर्राष्ट्रिय कारबाही गर्न आह्वान

४ असार, काठमाण्डौँ । हङ्गेरीका विदेश मामिला तथा व्यापारमन्त्री पिटर सिज्जार्टोले सोमबार आफ्ना इजराइली समकक्षी इजरायल काट्जसँगको संयुक्त पत्रकार सम्मेलनमा गाजा सङ्कटलाई अन्तरराज्यीय युद्धमा नबढाउन अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरेका छन् ।

“मध्यपूर्वले मौलिकरूपमा विश्वव्यापी सुरक्षा स्थिति निर्धारण गर्दछ र यदि मध्यपूर्वमा द्वन्द्व वा सुरक्षा सङ्कट छ भने यसले सधैँ विश्वव्यापी सुरक्षाको लागि खतरा खडा गर्छ । वर्तमान गाजा सङ्कट सजिलै गम्भीर विश्वव्यापी सुरक्षा खतरा बन्न सक्छ”, उनले भने । उनले यो द्वन्द्वमा अर्को देश संलग्न भएमा अर्को देशको सिमानाभन्दा बाहिर पनि चर्को युद्धमा परिणत हुन सक्ने बताए ।

 

प्रकाशित मिति : २०८१ असार ५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस