२०८१ असोज २३ गते बुधवार | 2024 October 9th Wednesday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जहाजले टेक अफ लिने बेला धावनमार्गमा स्याल देखिएपछि…

३ असार, काठमाडौं । जनकपुर विमानस्थलको धावनमार्गमा स्याल कुदेको देखेपछि उड्नै लागेको जहाज अकस्मात रोकिएको छ । जनकपुरबाट काठमाडौ आउन लागेको बुद्ध एयरको ५०४ जहाज धावनमार्गमा २०० मिटर जति गुडिसके स्याल देखिएको थियो ।

त्यसपछि चालकले टेक अफ क्यान्सिल गरेका थिए । बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्र कर्णका अनुसार स्याल देखिएपछि उडान सुरक्षा मापदण्ड अनुसार टेकअफ बन्द गरिएको थियो । त्यसपछि सुरक्षित रुपमा पुन: जहाज काठमाडौंका लागि उडेको हो । यो सोमबार बिहान करिब १० बजेको समयमा भएको हो । सो समयमा विमानस्थल प्रमुख भीमदत्त पन्त आफैं एयर ट्राफिक कन्ट्रोलर (एटिसी) को ड्युटीमा थिए ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस