२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पहिरोले अवरुद्ध भएको मुग्लिङ सडक खुल्यो

असार ३, काठमाडौँ । पहिरो गएपछि अवरुद्ध भएको मुग्लिङ सडक सञ्चालनमा आएको छ । आइतबार राति वर्षासँगै आएको पहिरोले पृथ्वी राजमार्गको मुग्लिङ नौबिसे सडक खण्ड अवरुद्ध भएको थियो ।

रातिदेखिको प्रयासमा सडकमा खसेको लेदो हटाएर दुईतर्फी सडक सञ्चालनमा ल्याइएको इलाका प्रहरी कार्यालय मुग्लिङकी प्रमुख निरला भण्डारीले जानकारी दिइन् । इच्छाकामना ३ फिस्लिङ र मौवाखोलाको बीचमा पहिरो खसेको थियो । पहिरो गएलगत्तै रातिदेखि नै लेदो पन्छाउने काम सुरु गरिएको थियो ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस