२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाललाई स्तब्ध पार्ने शकिब महिला विरोधी अभिव्यक्तिले आलोचित, क्रिकेट बोर्डको छ चेतवानी

काठमाडौं । बंगलादेशी बलर तान्जिम हसन सकिबले नेपाललाई स्तब्ध पारे । उत्कृष्ट बलिङ गर्दै झिनो लक्ष्य पाएको नेपाललाई एकपछि अर्को गर्दै विकेट लिएर बंगलादेशले २१ रनले जित हासिल गर्दै सुपर ८ को यात्रा पक्का गर्यो । खेलमा नेपालका लागि बंगलादेशी बलर तान्जिम हसन सकिब घातक साजित भए । उनले २ मेडनसहित ४ ओभरमा मात्र ७ रन खर्चिएर लगातार ४ विकेट लिए । उनले कुशल भुर्तेल, रोहित पौडेल, सन्दीप जोरा र अनिल साहलाई धरापमा पारे । यो टी–२० क्रिकेटको इतिहासकै उत्कृष्ट इकोनोमी हो ।

उनी एसिया कपमा भारतविरुद्ध एकदिवसीय खेलबाट डेब्यू गरेका खेलाडी हुन् । शकिबले बंगलादेशलाई सन् २०२० को अन्डर–१९ विश्वकपको उपाधि दिलाएका थिए । शकिबले केही समय अघि फेसबुकमा महिलाविरुद्ध आपत्तिजनक कुरा लेखेका थिए । बंगलादेशको क्रिकेट बोर्डले उनलाई जनताको भावनामा चोट पुर्‍याउने खालको पोस्ट नगर्न पनि निर्देशन दिएको थियो ।

पोस्टमा लेखिएको थियो– श्रीमतीले काम गरे परिवार र समाज बर्बाद हुन्छ । यो अमानवीय सोच भन्दै उनको सर्वत्र विरोध भएको थियो । महिलाले काम गर्न घर बाहिर निस्किनै नहुँने सोच मानिसको हैन, भन्दै उनलाई माफी मागरेर पोष्ट हटाउँन सर्वत्र माग गरिएको थियो । शकिबले थप लेखेका थिए, ‘श्रीमतीले काम गर्छे भने पतिको अधिकार सुनिश्चित हुँदैन । श्रीमतीले काम गरेमा सन्तानको अधिकार सुनिश्चित हुँदैन । श्रीमतीले काम गर्यो भने उनको सौन्दर्य बिग्रन्छ । श्रीमतीले काम गर्यो भने परिवार बर्बाद हुन्छ । श्रीमतीले काम गरे समाज बर्बाद हुन्छ ।’

उनले अर्को पोस्टमा लेखेका छन् कि, युनिभर्सिटीमा महिलाहरुले पुरुष साथीहरु बनाउँनु हुदैन, किनकी उनीहरुका छोराछोरीहरु ‘शिष्ट’ हुने छैनन् । विश्वकप आउँदै गरेका बेला विवादास्पद अभिव्यक्ति भएपनि चेतावनी दिनुबाहेक केही नगरेको क्रिकेट बोर्डका अधिकारीको भनाई छ । अब विश्वकप सकिएपछि उनको यो सोच सम्बन्धमा बोर्डले निर्णय लिनसक्छ ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस