२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेशसँगको क्रिकेट खेलमा सट्टेबाजीका किंग १५ करोड रुपैयाँसहित पक्राउ

काठमाडौं । खेलमा सट्टेबाजी ठूलो अपराध मानिन्छ । म्याच पिक्सिङ त राज्य विरुद्धको अपराध मानिन्छ । यद्यपी खेल चलिरहेका बेला यस्ता अपराध भइरहेकै हुन्छन् । यसै बारे मध्य प्रदेशको उज्जैनबाट ठूलो खबर बाहिर आएको छ। जहाँ करोडौंको सट्टेबाजी चलाउने मुख्य योजनाकार पियुष चोपडालाई प्रहरीले पक्राउ गरेको छ ।

पियुषलाई प्रहरीले गएराति पक्राउ गरेको हो । जसमा प्रहरीले सूचना दिनेलाई १० हजार रुपैयाँ पुरस्कार पनि दिएको थियो । उज्जैन प्रहरीले बिहीबार राति कृष्ण पार्क र मुसद्दीपुरामा निर्माण व्यवसायी पियुष चोपडाको घरमा छापा मारेको थियो । जहाँबाट उनले १४ करोड ९८ लाख रुपैयाँको सट्टेबाजी गराएको फेला परेको छ । अझै यो रकम खर्बमा पुग्ने प्रहरीको अनुमान छ ।

बंगलादेश–नेदरल्यान्ड्सको खेलबाट भएको थियो थाहाह

बंगलादेश र नेदरल्याण्ड्सबीच चलिरहेको टी–२० खेलमा अनलाइन सट्टेबाजी भइरहेको थियो । सूचना पाएलगत्तै उज्जैन प्रहरी घटनास्थलमा पुगेर १५ करोड रुपैयाँसहित ९ जनालाई पक्राउ गरेको थियो । तर, मुख्य अभियुक्त पियुष चोपडा घटनास्थलबाट फरार भएका थिए । जसलाई प्रहरीले हिजो पक्राउ गरेको हो ।

 

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस