२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

लौ तनाव कम गर्नुहोस् र आनन्द लिनुहोस् भन्दै आँचलले जब बोल्ड पस्किइन्

काठमाडौं । नायिका आँचल शर्माले सामाजिक संजालमा पोष्ट गर्ने तस्विरहरूले चर्चा पाइरहन्छन् । आँचल सामाजिक संजालमा बोल्ड तस्विर पोष्ट गरेर चर्चामा आउँछिन् । उनै, आँचलले सामाजिक संजालमा पोष्ट गरेको तस्विरमा उनी बोल्ड देखिएकी छिन् । आँचलले ४ तस्विर पोष्ट गर्दै लेखेकी छिन्–‘तनाव कम लिनुहोस् र आनन्द लिनुहोस् ।’

आँचलले आफ्नो सौन्दर्यताको राज कम तनाव पनि भएको संकेत गरेकी छिन् । आँचल आफ्नो करिअरलाई लिएर पनि निकै खुशी रहेको बुझ्न सकिन्छ । किनकी, एकपछि अर्को आशातीत प्रोजेक्टमा जोडिएकी आँचल फिल्म क्षेत्रले रोजेको नायिकामा पर्छिन् । फिल्मको बक्स अफिस असफलताले उनलाई खासै फरक पारेको छैन ।

बेलाबखत आफ्नो बोलीका कारण विवादमा आएपनि आँचलले त्यसमा तनाव नलिएको बुझ्न सकिन्छ । कामको कुरा गर्नुपर्दा, आँचलले फिल्म ‘डिग्री माइला’, ‘दुखी आत्मा, पिताम्बर’ लगायतका फिल्म  गरिन् ।

प्रकाशित मिति : २०८१ असार ४ गते सोमवार
प्रतिक्रिया दिनुहोस