२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नृत्य गरेरै नेपाल र भारतमा तहल्का मच्याएकी नेपाली छोरी तेरिया फौजा मगर नेपालमा

काठमाडौं । नृत्य गरेरै नेपाल र भारतमा तहल्का मच्याएकी नेपाली छोरी तेरिया फौजा मगर अहिले नेपाल आएकी छिन् । उनले नेपाल घुमिरहेका तस्विरहरु सामाजिक सञ्जालमा पोष्ट गरिरहेकी छिन् । आज मात्र उनले स्वयम्भुमा बत्ति बालेको तस्विर साझा गरेकी छिन् ।

रुपन्देहीको सुनगाभा चोक रुद्रपुरका विजय फौजा मगरकी छोरी तेरिया भारतका लोकप्रिय डान्स रियालिटी शो की विजेता हुन् । अहिलेसम्म उनलाई करिब ११ सय संघसंस्थाले सम्मान गरिसकेका छन् । भारतीय सिनियर डान्स स्टारबीचको ठूलो नृत्य प्रतियोगिता उनले जितिन् । तेरियाले ३० लाख भारतीय रुपैयाँ पाइन् ।

रेनाल्ड डस्टर ब्रान्डको कार पनि उपहारमा पाइन् । त्यो भारतीय टीभी कलर्सको ‘झलक दिखला जा’ को रियालीटी सोको उपाधि हो । यसअघि सन् २०१४ मा जी टीभीको ‘डीआईडी लिटिल मास्टर’ जितेकी थिइन् । त्यसमा ४० हजार प्रतिस्पर्धीलाई पछाडि पारेकी थिइन् । डीआईडीमा प्रथम भएबापत १० लाख भारतीय रुपैयाँ पुरस्कार पाएकी थिइन् ।

 

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस