२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

क्यारेबियन तटमा नेपालले साँच्चै गाह्रो बनाएको थियो, उनीहरुको भविष्य उज्वल छ : मार्करम

काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटका कम्तान एडियन मार्करमले नेपालको प्रदर्शनले दक्षिण अफ्रिका गाह्रो अवस्थामा पुगेको बताएका छन् । नेपाललाई एक रनले हराएपछिको पत्रकार सम्मेलमा बोल्दै उनले केही कुरा योजनाभन्दा बाहिर गएकाले आजको खेल निकै गाह्रो र रमाइलो भएको बताए ।

‘नेपाली टोलीको खेल साँच्चिकै राम्रो थियो । बलिङ र ब्याटिङ दुबै माध्यमबाट उनीहरुले हामीलाई दबाबमा राखेका थिए । आजको खेलमा उनीहरुले आफ्नो क्षमता देखाइदिएका छन् । नेपालले हामीलाई साँच्चै गाह्रो बनायो ।’ उनले भने । नेपालबाट आफूहरुले धेरै कुरा सिकेको उनको भनाइ छ । ‘उनीहरुको आत्मविश्वास निकै बढेको छ, भविष्यमा धेरै राम्रो गर्न सक्छन्,’ मार्करमले भने । अन्तिम दुई ओभरमा नेपाललाई जीतको लागि १६ रन चाहिएको र यो बीचमा धेरै रमाइला र डराउनुपर्ने क्षण आएका उनको भनाई छ । ‘म मेरा बलरहरुसँग विश्वस्त थिएँ, त्यही विश्वासले हामीले खेल जित्यौँ । कहिलेकाहीँ यस्ता जीतले धेरै नै महत्वपूर्ण उपलब्धी दिएको जस्तो महसुस हुन्छ ।’ उनले भने ।

नेपाली समर्थकले विश्वका जुनसुकै ठाउँमा गएर पनि आफ्नो देशप्रति देखाएको सद्भाव निकै महत्वपूर्ण भएको मार्करमले बताए । ‘नेपाली टोली र हामी बसेको होटल पनि एउटै हो । नेपाली खेलाडी धेरै नै मैत्रीपूर्ण, अनुशासित र उर्जावान छन् । मैले नेपाली क्रिकेटबारे धेरै बुझेको त छैन, तर उनीहरुको भविष्य निकै उज्वल छ ।’ दक्षिण अफ्रिकाका कप्तान मार्करमले भने ।

 

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस