२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

काठमाडौंमा कवाड व्यवसायीको प्रदर्शन

२ असार, काठमाडौँ । काठमाडौं महानगरपालिकाको डोजर आतंक बन्द गर्न माग गर्दै कवाड व्यवसायीले विरोध प्रदर्शन गरेका छन् । कवाड हटाउने निर्णयको विरोध गर्दै कवाड व्यवसायी संघर्ष समितिको अगुवाइमा आइतबार माइतीघरमा काठमाडौं महानगरविरुद्ध प्रदर्शन गरिएको हो ।

आफूहरूको व्यवसायलाई विस्थापित गर्ने उद्देश्यले चक्रपथभित्रका कवाड हटाउने निर्णय गरिएको भन्दै शान्तिपूर्ण आन्दोलनमा उत्रन बाध्य भएको उनीहरूले बताएका छन् । काठमाडौं महानगरले अदालतको आदेश समेत नमानेको भन्दै कवाड व्यवासायीले गरिबलाई पेल्ने नीति स्वीकार्य नहुने चेतावनी दिए ।

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस