२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘बोक्सीको घर’ले ५१ दिन मनायो, के केकीले निर्देशक लेखकलाई अपमान गरेकै हुन् ?

काठमाडौं । आज फिल्म ‘बोक्सीको घर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्समा ५१ दिन मनाएको छ । वैशाखको १४ गतेबाट रिलिजमा आएको यो फिल्मले बक्स अफिसमा १० करोडको आँकडा पार गरेको दाबी निर्माणपक्षको छ । तर, विकास बोर्डले आधिकारिक बक्स अफिस आँकडा भने सार्वजनिक गरेको छैन ।

फिल्मले ५१ दिन मनाउँदै गर्दा फिल्मका निर्देशक सुलक्षण भारती र नायिका तथा निर्मात्री केकी अधिकारीबीच लफडा सुरु भएको छ । सामाजिक संजालमा स्टाटस लेख्दै निर्देशक भारतीले ‘काम गर्ने कालु, माम खाने आलु’ उखानले सार्थकता पाएको उल्लेख गरेका छन् । उनले लेखेका छन्–‘यो नितान्त मेरो कृति हो र निर्माता पक्षले यसमा ध्यान नदिनुले के प्रश्न खडा गर्छ ? कुन पनि बोक्सीको घरको कार्यक्रम भएको ठाउँमा लेखक र निर्देशकले उपस्थिति नहुनु र वास्ता नगरिनुले के सार्थकता राख्छ ? म सर्जक भएर हेर्दा आफ्नो मृत्यु भएको अनुभव गरेको छु, के यो अनुभव स्वभाविक हो ।’

उनले, जसले जे काम गरेको छ त्यसको उचित मुल्यांकन हुन पनि जरुरी छ या छैन भनेर प्रश्न गरेका छन् । लेखन तथा निर्देशक आर्थिक तथा सामाजिक रुपमा कमजोर छ भन्दैमा उसलाई वेवास्ता गर्नु न्यायोचित होला र ? के लेखन तथा निर्देशकलाई यसरी बेवास्ता गर्न मिल्छ र’ ? भन्दै प्रश्न खडा गरेका छन् ।

उनले, फिल्ममा बौद्धिक चोरी भएको आरोप समेत लगाएका छन् । उनी अगाडि लेख्छन्–‘बोक्सीको घर आखिरमा कसले बनाएको फिल्म हो ? अब, फेरि जीवनमा म जस्ताले फिल्म किन र केका लागि बनाउने ? दर्शक र सर्जक बीचको पुल भनेको अहिलेको समयमा संचारमाध्यम हो । यस बिषयमा कसले ध्यान दिने ? उनले, एउटा सर्जक र उसको कामको मुल्याकन के अवसयक्ताको बिषय होइन र भन्दै प्रश्न गरेका छन् ।’

 

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस