२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘पुष्पा २’ आएपनि ‘छक्का पन्जा ५’ असोज २४ मै रिलिज हुने

barsha

काठमाडौं । अगस्टको १५ तारिखबाट पोष्टपोन्ड भएको साउथको बहुप्रतिक्षित फिल्म ‘पुष्पा २’ अब कुन मितिमा रिलिज हुन्छ, पक्का भएको छैन । तर, नेपाली फिल्म बजारमा यो फिल्म दशैंमा रिलिज हुन लागेको चर्चा सुरु भइरहेको छ ।

किनकी, दशैंमा रिलिज हुन लागेको जुनियर एनटीआर अभिनित फिल्म ‘देभारा’ सेप्टेम्बरको २७ तारिखमा प्रि–पोन्ड भएपछि धेरैले ‘पुष्पा २’ दशैंमा रिलिज हुन लागेको अड्कल लगाइरहेका छन् ।

यदि, यो फिल्म दशैंमा रिलिज भएको खण्डमा नेपाली फिल्मको रिलिज क्यालेन्डर नै उथलपुथल हुने देखिएको छ । किनकी, यो फिल्म नेपाली दर्शकमाझ पनि व्यग्र प्रतीक्षामा छ ।

दशैंमा हालसम्म ‘छक्का पन्जा ५ र बेहुली फ्रम मेघौली’ले प्रदर्शन मिति तोकेका छन् । त्यसमाथि पनि ‘छक्का पन्जा ५’लाई असोजको २४ बाट रिलिज गर्ने घोषणा गरिसकिएको छ । दीपाश्री निरौला निर्देशित यो फिल्मको हाल धमाधम छायांकनको काम भइरहेको छ ।

दशैंमा प्रदर्शन मिति तोकि सकिएको यो फिल्मलाई अब कुनै फेरबदल नगर्ने निर्णयमा यसको निर्माणपक्ष छ । कुनै नेपाली वा हिन्द वा साउथको फिल्म यही मितिमा आएपनि ‘छक्का पन्जा ५’लाई निर्धारित मितिमा नै रिलिज गर्ने निर्माता तथा कलाकार दीपकराज गिरीको तर्क छ ।

किनकी, नेपाली बक्स अफिसमा ‘छक्का पन्जा ५’ले ऐतिहासिक रेकर्ड राख्ने आँकलन गरिएको छ । साथै, यो फिल्म आम नेपालीमाझ पनि निक्कै प्रतीक्षामा छ । यसैले, दीपकराज गिरी, केदार घिमिरे र वर्षा सिवाकोटी अभिनित यो फिल्मको प्रदर्शन मिति हेरफेर नहुने भएको छ ।

यदि, ‘पुष्पा २’ दशैंमा रिलिज हुने पक्का भयो भने नेपाली वितरकलाई ठूलो जोखिम हुने पक्का छ । किनकी, यो फिल्मका लागि नेपाली वितरकले ८ करोड नेपाली रुपैयाँ खर्च गर्नुपर्ने छ । ‘छक्का पन्जा ५’सँग जुधेको खण्डमा नेपाली वितरकलाई लगानी उठाउन नै धौ–धौ हुने देखिन्छ ।

 

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस