२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सहकारीको बचत रकम अपचलन गरेको आरोपमा ४ जना पक्राउ

२ असार , काठमाडौँ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बचकर्ताको रकम अपचलन गरेको आरोपमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

आइतबार पत्रकार सम्मेलन गर्दै प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी सानुराम भट्टराईले रकम अपचलन गरेको भन्दै कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक र व्यवस्थापकहरुलाई सार्वजनिक गरिएको बताए ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष तनहुँ जिल्लाका व्यास नगरपालिका–११ हाल गोकर्णेश्वर बस्दै आएका ४३ वर्षीय तेज विक्रम थापा, सहकारीका व्यवस्थापक ललितपुर महानगरपालिका–१८ की ४४ वर्षीया सजना राजकर्णीकार रहेका छन् । उनी हाल गोकर्णेश्वर बस्दै आाएका छन् ।

यस्तै, सहकारीका सञ्चालक सदस्य ५३ वर्षीय भिमसेन महर्जन र ४७ वर्षीय सन्जय सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको छ । महर्जन काठमाडौं महानगरपालिका किर्तिपुर नगरपालिका–८ का बासिन्दा थिए भने सापकोटा काठमाडौं महानगरपालिका ६ का बासिन्दा छन् ।

 

प्रकाशित मिति : २०८१ असार ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस