२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दक्षिण अफ्रिकाविरुद्धको खेलमा विश्व कीर्तिमान राख्न सन्दीप लामिछाने चुके

काठमाडौं । नेपाली टीमका लेग स्पिनर सन्दीप लामिछाने करिब ६ महिनापछि क्रिकेट खेल्न मैदान उत्रिए । गत पुस १३ गते जिल्ला अदालत काठमाडौंबाट बलात्कार मुद्दामा दोषी ठहर भएसँगै सन्दीप क्रिकेटबाट टाढिएका थिए ।

त्यसपछि उच्च अदालत पाटनले जेठ २ गते सन्दीपलाई बलत्कार मुद्दामा सफाई दिएको थियो । सफाईसँगै सन्दीपको क्रिकेट खेल्ने बाटो खुलेको थियो । तर, अमेरिकाले भिसा नदिँदा अमेरिका र वेष्ट इन्जिडमा जारी आईसीसी टी–२० विश्वकपका पहिला दुई खेल सन्दीपले गुमाएका थिए ।

वेष्ट इन्डिजमा भएका दुई खेलमा सहभागी हुन सन्दीप टीममा सहभागी भए । सन्दीपले पुस १३ पछि पहिलोपटक औपचारिक खेल आज दक्षिण अफ्रिकाविरुद्ध खेले । ६ महिनापछि मैदान उत्रिएका सन्दीप किर्तिमान नजिक थिए । उनले ५२ टी–२० आई खेलमा ९८ विकेट लिएका छन् ।

दक्षिण अफ्रिकासँग २ विकेट मात्र लिएका भए उनी टी–२० आई क्रिकेटमा एक सय विकेट पूरा गर्ने पहिलो नेपाली खेलाडी बन्ने थिए । हालसम्म कुनै खेलाडीले टी–२०आई क्रिकेटमा एक सय विकेट पूरा गरेका छैनन् । अब अरु खेलाडीले विकेट लिँदा सन्दीप चुके । यद्यपी आजको खेलमापनि समान बलमा अरुभन्दा धेरै कम रन खर्चिएर टोलीलाई योगदान दिए । टी–२० आई क्रिकेटमा सबैभन्दा कम रन खर्चिने खेलाडीको योगदान महत्वपूर्ण हुन्छ ।

आज रेकर्ड ब्रेक गरेका थिए भने टी–२० आई क्रिकेटमा छिटो एक सय विकेट पूरा गर्ने अफगानिस्तानका रसिद खानको किर्तिमानसँग बराबरी हुने थियो । सन् २०२१ मा रसिदले ५३ खेलमा एक सय रन पूरा गर्दै टी–२० आई क्रिकेटमा सर्वाधिक छिटो एक सय विकेट पूरा गर्ने किर्तिमान आफ्नो नाममा बनाएका थिए । यो विश्व किर्तिमान राख्न सन्दीप चुके ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस