२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

असारमा अधिकांश बैंकहरूले घटाए ब्याजदर, कुनको कति ?

१ असार, काठमाडौँ । अधिकांश बैंकहरूले असार महिनाका लागि ब्याजदर घटाएका छन् । वाणिज्य बैंकहरुले असार १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएका हुन् ।

बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.८६ प्रतिशत कायम भएको छ । जेठ महिनामा वाणिज्य बैंकहरुको व्यक्तिगत मुद्दती निक्षेपमा औसत ब्याजदर ६.९९ प्रतिशत थियो । बैंकहरुको मुद्दती निक्षेप औसत ब्याजदर ०.१३ प्रतिशतविन्दुले घटेको छ ।

यस्तै संस्थागत मुद्दति निक्षेपतर्फ पनि बैंकहरुको औसत ब्याजदर ०.१४ प्रतिशतले घटेर ५.६५ प्रतिशत कायम भएको छ । जेठ महिनामा संस्थागततर्फ बैकहरुको औसत ब्याजदर ५.७९ प्रतिशत थियो । असार महिनामा ११ वटा बैंकले ब्याजदर घटाएका छन् । ३ वटा बैंकले मात्रै ब्याजदर बढाउँदा ५ वटा बैंकहरुले भने ब्याजदर स्थिर राखेका छन् ।

एनआईसी एशिया बैंकले असार महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर ७.६९ प्रतिशत र संस्थागततर्फ अधिकतम ६.६९ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत निक्षेपतर्फ अधिकतम ७.८०० प्रतिशत र संस्थागततर्फ अधिकतम ६.८०० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

कुमारी बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकतम ६.५६ प्रतिशत र संस्थागततर्फ ५.६१ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । बैंकले जेठ महिनाका लागि व्यक्तिगत र संस्थागत मुद्दतीतर्फ क्रमशः ७.०६ प्रतिशत र संस्थागतर्फ ६.२६ प्रतिशत ब्याजदर निर्धारण गरेको थियो ।

एभरेष्ट बैंकले पनि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगततर्फ अधिकतम ५.७५ प्रतिशत र संस्थागततर्फ अधिकतम ४.७५ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगततर्फ ६.५० र संस्थागततर्फ ५.५० प्रतिशत अधिकतम ब्याजदर तोकेको थियो ।

एनएमबी बैंकले पनि असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.६९ प्रतिशत र संस्थागततर्फ ६.६६ प्रतिशत ब्याजदरको व्यवस्था गरेको छ । जेठ महिनाका लागि भने बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७.८० प्रतिशत र संस्थागततर्फ ६.८० प्रतिशत ब्याजदरको व्यवस्था गरेको थियो ।

सिटिजन्स इन्टरनेशनल बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.९ प्रतिशत र संस्थागततर्फ ५.९ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनामा बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ७ प्रतिशत र संस्थागततर्फ ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत र संस्थागततर्फको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.२२ प्रतिशत र संस्थागततर्फ ५.२ प्रतिशत ब्याजदर तोकेको छ । जेठ महिनाका लागि बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.४ प्रतिशत र संस्थागततर्फ ५.३५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सानिमा बैंकले असार महिनाका लागि ब्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.८ प्रतिशत र संस्थागततर्फ ५.८ प्रतिशत ब्याजदर कायम गरेको छ । जुन जेठ महिना ६.९ र ५.९ प्रतिशत कायम रहेको थियो ।

प्राइम कमर्सियल बैंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षेपको ब्याजदर घटाएको छ । बैंकले असार महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ५.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । जेठ महिनाका लागि भने बेंकले व्यक्तिगत निक्षेपतर्फ र संस्थागत मुद्दती निक्षपमा क्रमशः अधिकतम ७ र ६ प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।

प्रकाशित मिति : २०८१ असार २ गते शनिवार
प्रतिक्रिया दिनुहोस