२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल प्रहरीका ७ जना प्रहरी एसपीको सरुवा तथा पदस्थापन

३२ जेठ , काठमाडौँ । नेपाल प्रहरीका ७ जना प्रहरी उपरीक्षक एसपीको सरुवा तथा पदस्थापन भएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा काजीबहादुर आचार्य आएका छन् ।

उनी जिप्रका पश्चिम नवलपरासीमा थिए । त्यहाँ मानव बेचविखन अनुसनधान ब्युरो मानव बेचविखन अनुसन्धान शाखामा रहेका एसपी ज्ञानेन्द्रप्रसाद फुयाँललाई पठाएको छ । मानव बेचविखन अनुसन्धान शाखामा एकनारायण कोइरालाको सरुवा भएको छ । उनी नेपालप्रहरी विपद् व्यवस्थापन कार्यालयरकार्यपरिचलन शाखामा कार्यरत थिए ।

अपराध अनुसन्धान विद्यालय मानव स्रोत व्यवस्थापन शाखामा रहेका एसपी प्रदीपबहादुर क्षेत्रीको कोशी प्रदेश प्रहरी गण, विराटनगरमा सरुवा भएको छ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस