२०८१ असोज ६ गते आइतवार | 2024 September 22nd Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

पाकिस्तानको ढुकढुकी झनै बढ्दै: अमेरिका र आयरल्याण्डको खेलका लागि अम्पायर अझै पर्खिए

काठमाडौं । टी–२० विश्वकपमा आज आयोजक अमेरिका र आयरल्याण्डबीच खेल तय थियो । लाउडरहिलमा हुने यो खेल नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनुपर्ने हो । तर बर्षाले मैदान हिलो भएका कारण ढिला भएको छ । अम्पायरहरू बारम्बार मैदान निरिक्षण गर्दै अझै पर्खिने निर्णय लिदै बाहिरिदै छन् ।

भर्खरै मात्रपनि आउटफिल्ड हेरे र फेरि अर्को निरीक्षण गर्ने निर्णय गरे। तर अहिले फेरि पानी थपिन थालेको छ । अहिलेसम्म पाकिस्तान प्रतियोगितामा अझै जीवित छ । तर कति समयको लागि भन्ने अनिश्चित छ । खेल भयो र अमेरिकाले हार्यो भने मात्र पाकिस्तानको प्रतियोगितामा माथी जाने अझै आशा हुन्छ ।

यो खेल भएन र अमेरिकाले एक अंक मात्र लियो भनेपनि पाकिस्तानले आगामी खेल त्यसै खेल्नुपर्नेछ । पाकिस्तान प्रतियोगिताबाट बाहिरिन्छ भने यो टोलीबाट अमेरिका र भारत सुपर ८ मा प्रवेश गर्छन् । अपराजित यात्रासँगै भारत ६ अंक जोडेर सुपर ८ मा पुगिसकेको छ । अमेरिका ४ र पाकिस्तान २ अंकका साथ छन् । अमेरिकाले एक अंक मात्र जोड्यो भने उसले बाजी मार्छ । समूह ‘ए’ को अमेरिकाले ३ खेलमा २ मा जित हासिल गर्दै ४ अङ्क बटुलेको छ र दोस्रो स्थानमा छ ।

अमेरिका यो खेल रद्ध भएमात्रपनि सुपर आठमा आफ्नो स्थान सुनिश्चित गर्नेछ । यदी खेल भयो र हार्यो भने उ बाहिरिन सक्छ तर आफ्नो अन्तिम खेलमा पाकिस्तानले जितेको हुनुपर्छ । त्यसमापनि रनरेटको हिसाब हुन्छ । त्यस्तै आयरल्याण्डले भने यसअघि लगातार दुई खेलमा हार बेहोरेको छ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस