२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्व सीईओ सुवेदीलाई तीन महिना जेल, दुई करोड जरिवाना

३२ जेठ , काठमाडौँ । सप्तकोशी विकास बैंकका तत्कालीन कार्यकारी अधिकृत नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहरिएका छन् । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँबर, सदस्यद्वय रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले सुवेदीलाई शुक्रबार दोषी ठहर गर्दै तीन महिना १८ दिन कैद र दुई करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना बिगोको दोब्बरको सजाय सुनाएको हो ।

अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ । कार्यालय प्रमुखका रुपमा पदको दुरुपयोग गरि कसुर गरेको भन्दै अदालतले सुवेदीलाई थप २ महिना १८ दिन कैद र २३ लाख ७५ हजार ५४० रुपैयाँ थप जरिवानाको पनि सजाय गरेको हो ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस