२०८१ कार्तिक ३० गते शुक्रवार | 2024 November 15th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

टिकटक प्रतिबन्ध हटाउन संसदमा रास्वपाको माग

३२ जेठ, काठमाडौँ । सत्तारुढ सांसद असिम साहले सरकारले टिकटकमाथि लगाएको प्रतिबन्ध हटाउन माग गरेका छन् । आजको प्रतिनिधिसभा बैठकमा साहले टिकटकमाथि प्रतिबन्ध लगाइए पनि अन्य सामाजिक सञ्जाहरूल चलिरहेकाले टिकटकमा मात्र प्रतिबन्ध लगाइनु उचित नभएको बताए ।

टिकटकमा प्रतिबन्ध लगाइए पनि भीपीएन प्रयोग गरेर प्रयोगकर्ताहरूले चलाइरहेको बताए । टिकटक बन्द गरेपछि आपराधिक घटना घटेको तथ्याङ्क सरकारसँग छैन होला भन्दै उनले बरु ब्यान्डविथ घटेर आम्दानीमा असर परेको उनले बताए । टिकटक बन्द हुँदा साना व्यापारीहरू समस्यामा परेको उनले बताए ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस