२०८१ असोज १२ गते शनिवार | 2024 September 28th Saturday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

४५ यात्री लिएर काठमाडौं आउँदै गरेको बस कारमा ठोक्किएर त्रिशूली नदीमा खसेको खुल्यो

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको फिस्लिङ बजारनजिक आज बिहान ४५ यात्री लिएर काठमाडौं आउँदै गरेको बस त्रिशूली नदीमा खसेको थियो । बस खस्नुको कारण दुई सवारीसाधन एकापसमा ठोक्किँनु खुल्न आएको छ । बस कारसँग ठोक्किएको हो । घटनामा २० जना घाइते अवस्थामा भेटिएका छन् । पाँचजनाको अवस्था गम्भीर छ ।

नेपालगन्जबाट काठमाडौंतर्फ गइरहेको भे१ख ४०६० नम्बरको यात्रीबस त्रिशूली नदी किनारमा खसेको थियो । काठमाडौंबाट मुग्लिनतर्फ गइरहेको वाग्मती प्रदेश ०२–०३९च ३७२० नम्बरको कारसँग ठोक्किँदा बस नदी किनारमा खसेको हो । कारसँग ठोक्किएर बस नदीमा किनारमा खसेको एक प्रत्यक्षदर्शीले बताए ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका अनुसार, कारमा सवार पाँचजना गम्भीर घाइते छन् । बसमा ४५ यात्री सवार थिए । बसका सबै यात्रीको अवस्था सामान्य छ । गम्भीर घाइते भएका कारमा सवार सबै यात्रीलाई उपचारका निम्ति चितवन पठाइएको गजुरीस्थित जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरीक्षक रवीन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस