२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

फक्तालुङ गाउँपालिका उपाध्यक्षको घर बग्यो, परिवारका चार जनाको तत्कालै मृत्यु

३२ जेठ, विराटनगर । ताप्लेजुङमा पहिरोले फक्तालुङ गाउँपालिका उपाध्यक्ष रवीन साम्रा लिम्बुको घर बगाएको छ । घर बगाउँदा उनको परिवारका ४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७१ वर्षीय रामबहादुर साम्रा लिम्बु, उनकी श्रीमती जसमाया साम्रा र जुम्ल्याहा छोरी १२ वर्षीया गंगा र जमुना साम्रा लिम्बु रहेको गाउँपालिका अध्यक्ष राजन लिम्बुले जानकारी दिए ।

गाउँपालिका अध्यक्ष लिम्बुका अनुसार पहिरोमा परी मृत्यु भएका उनीहरु उपाध्यक्ष रविनका बुबा र कान्छी आमा र २ बहिनी हुन् । उनले मध्यरात करिब २ बजेको समयमा आएको पहिरोले घर बगाएको उनले बताए । ‘उपाध्यक्षज्यूकाे परिवारका चार जनाको मृत्यु भएको छ, थप खोजी जारी छ,’ उनले भने, ‘ पहिराले दुई वटा घर बगाएको छ । पहिरोमा परी साम्रा परिवारकै २ जना घाइते भएका छन् ।’ तस्विर : बसन्त लिम्बु

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस