२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

गोली लागेका क्याम्पस प्रमुख हरिभूषणको मृत्यु

काठमाडौं । बाराका एक क्याम्पस प्रमुखको गोली हानी हत्या भएको छ । मोहन विक्रम रामराजा बहुमुखी क्याम्पसका प्रमुख हरिभूषण कुशवाहाको शुक्रबार गोली हानी हत्या भएको प्रहरीले जनाएको छ । कुशवाहामाथि शुक्रबार साँझ गोली प्रहार भएको थियो । उनलाई गोली हान्ने समूहबारे केही जानकारी प्राप्त भइसकेको छैन । गोली लागेपछि उपचारका लागि न्यूरो अस्पताल लगिएको थियो ।

लगत्तै चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका थिए । आदर्शकोतवाल गाउँपालिका २ खजुरियाबाट सदरमुकाम कलैयातर्फ जाँदै गरेका कुशवाहामाथि वडा नं ३ भतिनिया क्षेत्रमा गोली हानिएको हो ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस