२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले गुल्मी अध्यक्षमा बालसिंह काउछा निर्वाचित

गुल्मी । नेपाल कम्युनिस्ट पार्टी (एमाले) गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्वाचित भएका छन् । अध्यक्षका प्रतिस्पर्धी हीरा एसीलाई पराजित गर्दै काउछा दोस्रो कार्यकालका लागि निर्वाचित भएका हुन् । उनले ३८४ र उनका प्रतिद्वन्द्वी एसीले २०२ मत प्राप्त गरे ।

त्यसैगरी, जिल्ला उपाध्यक्षमा जीवन पोखरेल, सचिवमा धर्म विश्वकर्मा र सहसचिवमा चक्रबन्धु भुसाल निर्वाचित भएका छन् । गत मङ्गलबारदेखि सुरु १२औं जिल्ला अधिवेशनमा बिहीबार मतदान भएको थियो । अधिवेशनमा ६१३ सहभागी भएकामा ५९५ जना मतदानमा भाग लिएका थिए । अधिवेशनले पाँच जना पदाधिकारीसहित आगामी तीन वर्षका लागि १०५ सदस्यीय जिल्ला कमिटी चयन गरेको छ ।

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस