२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

घुस बापत जग्गा लिने इञ्जिनियरलाई दुई महिनामै ६ वर्ष कैद, ८० लाख जरिवाना

काठमाडौँ । विशेष अदालत काठमाडौँले घुस बापत झण्डै तीन रोपनी जग्गा र ८० लाख नगद लिने इञ्जिनियरलाई ६ वर्ष कैद र ८० लाख जरिवाना गरेको छ।

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा न्यायाधीशहरु तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले लुम्बिनी विकास कोषका योजना प्रमुखसमेत रहेका इञ्जिनियर सरोज भट्टराईलाई सजाय तोकेको हो। गत चैत २५ गते अख्तियारले दायर गरेको मुद्दामा विशेषले जेठ २४ गते दोषी ठहर गरेको थियो।

भट्टराईले कोषमा ठेक्काको काम गर्ने निर्माण सेवाका प्रोप्राइटरसँग घुस बापत माग गरेको ८० लाख रुपैयाँ तेस्रो व्यक्तिको खातामा पठाएर भक्तपुरको साविक गुण्डु गबिस –३ को कित्ता नम्बर १३७४ को दुई रोपनी ९ आना र १३७५ को दुई आना जग्गा खरिद गरेको पुष्टि भएको छ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस