२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

हाम्रोसहित नेपालका सबै वेबसाइटहरूमा आजको मितिमा ‘गडबढ’, कारण यस्तो

काठमाडौं । आज विक्रम सम्बत् २०८१ जेठ ३२ गते हो तर नेपालका सबै वेबसाइटहरूमा आजको मितिमा गडबढ देखिएको छ । नेपाल सरकारको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आधिकारिक वेबसाइट लगायत नेपालका सबै वेबसाइटहरूमा आज असार १ गते देखाएको हो ।

प्राविधिक हिसाबले मितिमा बेमेल देखिएको दाबी गरिएको छ । एक दिन अगाडि नै आज नेपालका वेबसाइटहरूमा असार १ गतेको मिति देखाएको छ । अङ्ग्रेजी मितिबाट नेपाली मिति परिवर्तन गर्ने टुल्समा नै समस्या देखिएपछि एक दिन अगाडिको मिति देखिएको दाबी गरिएको छ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस