२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बालेनको बोल्ड निर्णय: रक्सी, चुरोट, लागु औषध पूर्ण बन्देज, रेष्टुरेण्टले बेच्न पाउँछन् कि पाउँदैनन् ?

३२ जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र धूम्रपान, मद्यपान र लागु औषध प्रयोगमा पूर्ण बन्देज लगाउने भएको छ । आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगर प्रमुख बालेन शाहले यस्तो घोषणा गरेका हुन् । साथै, जंक फुड प्रयोगलाई समेत निरुत्साहित गरिने उनले बताए ।

महानगर क्षेत्र भित्रिने खाद्य पदार्थको गुणस्तर र स्वच्छता कायम गर्न आवश्यक प्रबन्ध मिलाइने उनले बताए । महानगरभित्रका स्वास्थ्य संस्थाको दर्ता प्रक्रियालाई सूचनाप्रविधिमा आधारित बनाइने समेत उनले बताए । बहुआयामिक शहरी गरिबी निवारणका लागि लक्षित कार्यक्रम ल्याइने समेत उनको भनाइ छ ।

महानगरले बनाएको कार्यविधि अनुसार होटल तथा रेष्टुरेण्ट समेत सार्वजनिक क्षेत्रमा पर्दछ । यी स्थानहरुमापनि बेच्न पाइने हो की होइन वा कस्तो कार्यविधि बनाएर रक्सीहरु बेचिन्छ त्यो भने नीति तथा कार्यक्रम कार्यन्वयनमा आएपछि मात्र खुल्नेछ ।

 

प्रकाशित मिति : २०८१ असार १ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस