२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘सरकारको विपद पूर्व तयारी सन्तोषजनक भएन’ : सांसद भट्टराई

३१ जेठ, काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेका सचिव एवम् सांसद योगेशकुमार भट्टराईले सरकारको विपद पूर्व तयारी सन्तोषजनक नरहेको टिप्पणी गरेका छन् ।

आजको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले जलवायु परिवर्तनका कारण पूर्व अनुमान नै गर्न नसक्ने गरी मौसमहरु प्रतिकूल हुँदै जाने, त्यसको असर आम मानिसहरुमा परिरहेको बताए । उनले विपद् पूर्व तयारीबारे सरकारको तयारी सन्तोषजनक नरहेको बताए ।

विपद् प्राधिकरणलाई पर्याप्त बजेट नपुगेको उनले बताए । प्राधिकरणलाई वार्षिक १८ करोड रुपैयाँ छुट्याइएको र १५ करोड साधारण खर्च रहेको भन्दै प्राधिकरणले सो बजेटमा कुनै काम गर्नसक्ने अवस्था नरहेको बताए । विपद् उद्धारका लागि दक्ष जनशक्ति र पर्याप्त श्रोत साधन पनि नरहेको बताए ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस