२०८१ असोज ३ गते बिहिवार | 2024 September 19th Thursday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

सन्दिप लामिछाने मात्र १९ बर्षमा केही महिनामा एक करोड ५६ लाख पाउनेगरी सिपीएलमा थिए अनुबन्धित

काठमाडौं । नेपालका क्रिकेट खेलाडी सन्दीप लामिछानेको सफलता असामान्य छ । खेल जीवनबाट सानो उमेरमा अत्याधिक कमाउने खेलाडीको सूचीमा उनी छन् । पछिल्लो केही समय उनले खेल करियर मात्र गुमाएनन् करोडौं करोड नगद समेत गुमाए ।

मात्र १९ बर्षमा उनी क्यारेबियन प्रिमियर लिग (सिपीएल) सिजन २०२० मा अनुबन्धित भएका थिए । खेलाडी ड्राफ्टमा रु एक करोड ५६ लाखमा (एक लाख ३० हजार अमेरिकी डलरमा) उनलाई जमैका तलावाजले अनुबन्ध गरेको थियो । जमैका तलावाजले उनलाई प्रमुख रोजाईमा राखेको थियो । ड्राफ्टका लागि २३ देशका ५३७ खेलाडीले नाम दर्ता गराएका थिए ।

सन्दीपले सिपीएलका लागि आफ्नो अनुबन्धित मूल्य ९० हजार अमेरिकी डलर तोकेका थिए । तर मागेभन्दा बढी पाए । सन्दीपसँगै अफगानिस्तानका अलराउन्डर मोहम्मद नाबी र अस्ट्रेलियाका बेन डंक पनि सिपीएलका लागि एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । त्यो बेलापनि सन्दीप सिपीएलका लागि तेस्रोपटक अनुबन्धित भएका हुन् ।

यसअघि उनी सिपीएलको पहिलो संस्करण सन् २०१८ मा सेन्ट किट्स एण्ड नाभिस प्याट्रियट्सका लागि पाँच हजार तथा दोस्रो संस्करण सन् २०१९ मा बार्बाडोस ट्राइडेन्सका लागि ७० हजार अमेरिकी डलरमा अनुबन्धित भएका थिए । सिजन २०२० पछिपनि उनले यो लिग खेले । लिगमा सहभागी भइरहेकै बेला उनीमाथी बज्रपात पर्यो । षड्यन्त्रपूर्वक लगाइएको अभियोगबाट उनी पक्राउ परे । खेल जीवनसँगै ठूलो आर्थिक नोक्सानी भोगे ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस