२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रतिनिधिसभामा आज तीन मन्त्रालयका बजेट शीर्षकमा छलफल हुँदै

३१ जेठ , काठमाडौँ । संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।
आजको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि मन्त्रालयगत छलफल जारी रहने छ ।

आज उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका शीर्षकहरुमाथि छलफल गर्ने कार्यसूची रहेको छ ।

बैठकमा सांसद प्रेम सुवाल, डा अमरेश कुमार सिंह, दिलेन्द्रप्रसाद बडू, विना लामा, कान्तिका सुजुवाल, ज्ञान बहादुर शाही, शान्ती विक र रोसन कार्कीले विभिन्न शीर्षकका खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने छन् ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस