२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

जसले जितेपनि नेपाललाई घाटा हुने अवस्थामा नेदरल्यान्ड्ससँग बंगलादेशको विस्फोटक ब्याटिङ

netherlands vs bangladesh

काठमाडौं । अमेरिका र वेस्ट इन्डिजमा जारी आईसीसी पुरुष टी–ट्वान्टी क्रिकेट विश्वकपअन्तर्गत अहिले बंगलादेशले नेदरल्यान्ड्सको सामना गरिरहेको छ । नेपाल हराउने नेदरल्यान्ड्सविरुद्ध बंगलादेशले विस्फोटक ब्याटिङ गरेको छ । मात्र १६.४ ओभरमा ४ विकेट गुमाएर १२६ रन जोडिसकेको छ ।

यो खेल बंगलादेश र नेदरल्यान्ड्स दुवैका लागि महत्वपूर्ण छ किनभने जित हात पार्ने टोलीको सुपर ८ मा पुग्ने सम्भावना बलियो बन्नेछ । जारी विश्वकपमा बंगलादेश र नेदरल्यान्ड्स दुवैले समान दुई खेलमध्ये एक–एक खेलमा जित हात पारेका छन् । यता लगातार ३ खेल जितेको दक्षिण अफ्रिका भने अघिल्लो चरणमा प्रवेश गरिसकेको छ ।

त्यसैले बाँकी एक स्थानका लागि बंगलादेश, नेदरल्यान्ड्स र नेपालबीच प्रतिस्पर्धा हुने भएको छ । तर नेपालसँग दुई खेलमा जम्मा एक अंक छ । नेपालले अघिल्लो चरणमा पुग्नका लागि बंगलादेश र दक्षिण अफ्रिकालाई पराजित गर्नुपर्नेछ । साथै बंगलादेश र नेदरल्यान्ड्सले कम्तिमा पनि थप एक–एक खेलमा हार बेहोर्नुपर्नेछ । त्यसैले आज रातिको खेलमा जित हात पार्ने टोलीले अर्को खेलमा पराजय भोग्नुपर्नेछ नत्र भने नेपाललाई घाटा हुने निश्चित छ । आज जसले जितेपनि नेपाललाई घाटा छ ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस