२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाल हराउने नेदरल्यान्ड्स बंगलादेशसँग २५ रनले पराजित

Netherlands vs bangladesh

काठमाडौं । अनुभवी अलराउन्डर शकिब अल हसनको अविजित अर्धशतकको मद्दतमा बंगलादेशले टी–२० विश्वकपको समूह डीको खेलमा नेदरल्याण्ड्सलाई २५ रनले पराजित गरेको छ । तीन खेलमा बंगलादेशको यो दोस्रो जित हो र सुपर आठमा पुग्ने आशा जीवित राखेको छ ।

बंगलादेशले ४६ बलमा ९ चौका प्रहार गर्दै शकिबको अविजित ६४ रनको मद्दतमा २० ओभरमा पाँच विकेट गुमाएर १५९ रन बनाएको थियो । जवाफमा नेदरल्यान्ड्सले २० ओभरमा आठ विकेट गुमाएर १३४ रन मात्रै बनाउन सक्यो । नेदरल्यान्ड्सका लागि सिब्रान्ड एङ्गेलब्रेचटले २२ बलमा सर्वाधिक ३३ रन बनाए पनि आफ्नो टोलीलाई जित दिलाउन सकेनन् ।

यो जितसँगै बंगलादेशले सुपर आठमा पुग्ने दावी बलियो बनाएको छ भने श्रीलंकाको अगाडिको यात्रा लगभग सकिएको छ । पराजयका बाबजुद नेदरल्याण्ड्सको टोली अझै पूर्ण रुपमा टिमबाट बाहिरिएको छैन । यदि नेदरल्याण्ड्सले आफ्नो आशा जीवित राख्न चाहन्छ भने उसले जुनसुकै अवस्थामा समूह चरणको अन्तिम खेल जित्नुपर्नेछ। यही समूहमा नेपाल छ । नेपालले अब दुई खेल खेल्न बाँकी छ । नेपालले एक खेलमा नेदरल्याण्ड्ससँगै हार र श्रीलंकासँग बर्षाका कारण खेल स्थगित भएर एक अंक लिएको छ ।

 

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस