२०८१ असोज ७ गते सोमवार | 2024 September 23rd Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

अमेरिकालाई हराउँदै भारत सुपर आठमा, सूर्यकुमार यादवको अविजित अर्धशतक

USA India

काठमाडौं । प्रारम्भिक असफलताबाट मुक्ति पाएको भारतीय टोली सूर्यकुमार यादव र शिवम दुबेको बलियो साझेदारीमा टी–२० विश्वकपको समूह ‘ए’ को खेलमा अमेरिकालाई सात विकेटले पराजित गर्दै सुपर आठ चरणमा प्रवेश गरेको छ । पहिले ब्याटिङ गरेको अमेरिकाले २० ओभरमा आठ विकेट गुमाएर ११० रन बनाएको थियो ।

जवाफमा सौरभ नेत्रावलकरले सुरुमा भारतलाई दुईवटा झट्का दिए पनि सूर्यकुमार यादवले उत्कृष्ट अर्धशतक बनाएर टोलीलाई बचाए र अर्को छेउमा शिवम दुबेको राम्रो सपोर्ट थियो। यी दुई ब्याट्सम्यानको दमदार प्रदर्शनका कारण भारतले १८.२ ओभरमा तीन विकेट गुमाएर १११ रन बनायो। यस प्रतियोगितामा भारतको यो लगातार तेस्रो जित हो र उसले ६ अंक जोडेर सुपर आठमा स्थान सुरक्षित गरेको छ ।

यसअघि भारतले टस जितेर अमेरिकालाई ब्याटिङको निम्तो दिए पनि तिब्र गतिका बलर अर्शदीप सिंहले पहिलो ओभरमा नै अमेरिकालाई दोहोरो झटका दिएका थिए जसबाट टोली अन्तिमसम्म रिकभर हुन सकेन । अमेरिकाका लागि नितिश कुमारले सर्वाधिक २७ रन बनाए । लक्ष्य पछ्याउने भारतको सुरुवात पनि राम्रो भएन र टोलीले विराट कोहलीको रुपमा पहिलो विकेट गुमाएको थियो । कोहली खाता नखोल्दै आउट भए ।

त्यसपछि सौरभले भारतीय कप्तान रोहित शर्मालाई पनि प्याभिलियनको बाटो देखाएका थिए । एक समय टोली समस्यामा परेको देखिए पनि सूर्यकुमार र शिवमले भारतलाई जित दिलाए । सूर्यकुमार यादवले ४९ बलमा दुई चौका र दुई छक्काको सहयोगमा ५० रन बनाएर अविजित रहे भने शिवम दुबे ३५ बलमा एक चौका र एक छक्काको सहयोगमा ३१ रन बनाएर अविजित रहे ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस