२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

बंगलादेश र नेदरल्यान्ड्सको खेल भइरहेको किंग्सटाउनमा पानी छिट्याउन थाल्यो

kingstown cricket stadium rain

किंग्सटाउन । वेष्ट इण्डिजको किंग्सटाउन सेन्ट भिन्सेन्टस्थित अर्नोस मैदानमा १० वर्षपछि अन्तर्राष्ट्रिय क्रिकेट फर्किएको छ । आईसीसी टी–२० विश्वकप २०२४ को २७ औं खेल बंगलादेश र नेदरल्यान्ड्सबीच अहिले जारी छ । बंगलादेशले जितका लागि नेदरल्यान्ड्सलाई १६० रनको लक्ष्य दिएको छ । अहिले नेदरल्यान्ड्स जवाफी ब्याटिङ गरिरहेको छ ।

दक्षिण अफ्रिका समूह डी बाट सुपर ८ मा यसअघि नै आफ्नो स्थान पक्का गरिसकेको छ । अब बंगलादेश, नेपाल र नेदरल्याण्ड्सबाट कुनै एक टोलीले अर्को चरणमा पुग्न सक्ने भएकाले यो खेल दुवै टोलीका लागि मात्र हैन नेपालका लागिपनि निकै महत्वपूर्ण छ । नेपालले श्रीलंकासँगको खेल बर्षाका कारण गुमाएपछि समान एक–एक अंक बाँडेर पछि परेको छ । यो खेलपनि बर्षाले रोकिएमा सबैको अवस्था नेपालको जस्तै हुनेछ । यसैले अधिकांश नेपाली फ्यानहरुले बर्षा भएर खेल स्थगित भइदिए हुन्थ्यो भनिरहेको देखिन्छ ।

बंगलादेश र नेदरल्याण्ड्सबीच हालसम्म ४ वटा टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् जसमा बंगलादेशले ३ खेलमा जित निकालेको छ भने नेदरल्यान्ड्सले एउटा मात्र खेल जितेको छ । टी–२० विश्वकपको इतिहासमा दुई टोलीबीच दुई पटक भिडन्त भएको छ, जसमा बंगलादेशले मात्र जित हासिल गरेको छ । तर, सन् २०२३ को विश्वकपमा नेदरल्याण्ड्सले अन्तिम खेलमा बंगलादेशलाई हराएको थियो ।

पिच र मौसम जानकारी
अर्नोस मैदानमा खेलिएको अन्तिम अन्तर्राष्ट्रिय खेल सन् २०१४ मा आयोजक वेस्ट इन्डिज र बंगलादेशबीचको टेस्ट म्याच थियो। विगत १० वर्षदेखि यस मैदानमा क्यारेबियन प्रिमियर लिगका खेलहरू पनि खेलिएका छैनन् । जबकि अहिलेसम्म यस मैदानमा २ वटा मात्रै टी–२० अन्तर्राष्ट्रिय खेलहरू आयोजना भएका छन् ।

जसमा दुवै खेलमा पाकिस्तानले वेस्ट इन्डिजलाई पराजित गरेको थियो। मौसमको कुरा गर्दा यहाँको तापक्रम सामान्य रहने छ । तर, दिन ढल्दै जाँदा हल्का वर्षा हुने मौसम पूर्वानुमान छ । अहिले बादलले आकाश ढाकेको छ । छिटपुट बर्षा हुन थालेको छ । हावापनि चलिरहेकाले पानी पर्ने क्रम बढ्ने देखिन्छ । तर खेल नै स्थगित हुनेगरी भारी बर्षा हुन्छ हुन्न यसै भन्न सक्ने अवस्था छैन । हल्का बर्षाकै कारण अघि टस ढिला भएको थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस