२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

कुवेतको श्रमिक आवास आगलागीमा कयौं घाइते र ४९ जनाको मृत्यु : नेपाली र भारतीय धेरै

काठमाडौं । कुवेतको मंगाफ शहरस्थित एक श्रमिक आवास गृहमा भीषण आगलागी भएको छ । त्यहाँ अहिलेसम्म ४९ जनाको मृत्यु भएको छ । मृत्यु हुने अधिकांस भारतीय नागरिक भएको पुष्टि भएको छ ।

६ तले भवनको पहिलो तलाबाट आगो सल्किदा भएको आगलागीबाट अहिलेसम्म ४९ जनाको मृत्यु भएको कुवेतको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । आगलागीमा ५० जना घाइते भएका छन् । मृतकमध्ये ४१ जना भारतीय रहेको दक्षिण भारत केरला र तमिलनाडुका श्रमिक रहेको द टाइम्स अफ इण्डियाले जनाएको छ ।

मृतकहरु २० देखि ५० वर्ष उमेर समूहका छन् । सो भवनमा नेपाली कामदारहरु पनि थिए । आगलागीमा परी ५ जना नेपालीहरु घाइते भएको प्रारम्भिक सूचना छ । मृत्युको जानकारी भने आएको छैन । यसैबीच, भारतका विदेश राज्यमन्त्री कीर्तिवद्र्धन सिंह आज कुवेत जादै छन् । राज्यमन्त्री सिंहले आगलागीको कारणबारे कुवेत सरकारसँग बुझ्ने, घाइतेहरुलाई भेट्ने र शवहरुलाई भारत ल्याउने बताइएको छ ।

आगलागीमा परी भारतीय नागरिकको मृत्यु भएको घटनाप्रति प्रधानमन्त्री नरेन्द्र मोदीले शोक व्यक्त गरेका छन् । उनले मृतकका परिवारलाई दुई लाखका दरले राहत उपलब्ध गराउने घोषणा गरेका छन् । आगलागीको कारण अझै स्पष्ट हुन सकेको छैन ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस