२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

प्रचण्ड गर्मीले १३ जनाको मृत्यु

काठमाडौं । नेपालको छिमेकी क्षेत्र भारतको विहारमा प्रचण्ड गर्मीले मानिसको मृत्यु हुने क्रम बढ्दै गएको छ । गर्मीका कारण विहार राज्यका विभिन्न स्थानमा आठ जनाको ज्यान गएको छ । चर्को गर्मीले दिल्लीमा १ र मध्य प्रदेशमा ४ जनाको ज्यान लियो । राज्यका विभिन्न क्षेत्रमा मानिसको मृत्यु भइरहेको अवस्थामा अझै पूरा विवरण बाहिर आएको छैन ।

चर्को गर्मीले भयंकर रूप लिएको छ। अहिले यो गर्मीले ज्यान लिइसकेको छ । उत्तर भारतको तापक्रम ५० डिग्रीभन्दा माथि छ । अहिले गर्मीका कारण मानिसको ज्यान गएको खबर बढिरहेको हो । देशको राजधानी दिल्लीमा गर्मीका कारण एक जनाको ज्यान गएको छ । दिल्लीमा गर्मीले राम मनोहर लोहिया अस्पतालमा ४० वर्षीय एक व्यक्तिको गर्मी स्ट्रोकबाट मृत्यु भएको हो । मृतक बिहारको दरभंगा निवासी हुन् ।

उता, विहार स्थित नवादाको मेस्कौर ब्लकमा रहेको कस्तुरबा गान्धी आवासीय बालिका विद्यालयमा भीषण गर्मीका कारण १२ बालिकाको स्वास्थ्य बिग्रिएको छ । औरंगाबादको ओबरा ब्लकको चंदा मोबाइल कोर्टकी सरपंच, बिशनपुर निवासी ४० वर्षीया नीलम देवीको गर्मीले नै मृत्यु भयो। यसअघि पाकिबरावन थाना क्षेत्रको डुम्रावन गाउँकी पिंकी देवीकोपनि मृत्यु भएको छ ।

नालन्दको जैतीपुर गाब निवासी अरुण पण्डित (५० वर्ष) को गर्मीका कारण मृत्यु भएको हो । बेगुसरायको भगवन्तोल नजिक एक युवकको शव फेला परेको छ । उनको मृत्यु गर्मीका कारण भएको हुन सक्ने प्रहरीको भनाइ छ । अर्कोतर्फ बेहट रिफाइनरी थाना इलाकाको जामरामा गर्मीका कारण एक अपाङ्ग आइसक्रिम विक्रेताको मृत्यु भएको छ । लखिसराईको पिरी बजारस्थित महादलित टोलामा एक मजदुरको मृत्यु भएको छ । उनको मृत्यु गर्मीका कारण भएको आशंका गरिएको छ । साँझ रक्सौलमा दुई जनाको मृत्यु भएको छ ।

बाँकाको एक गेस्ट हाउसमा जीविकोपार्जन गर्दै आएका सचिन पाठकको शङ्कास्पद अवस्थामा मृत्यु भएको छ । सचिन दुई दिनदेखि गर्मीका कारण बिरामी परेका थिए । मनसुन आउनुअघि नै विहार राज्यमा चर्को गर्मी जारी छ । पटनाको अधिकतम तापक्रम लगातार छैटौं दिन ४० डिग्रीभन्दा माथि रहेको छ ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस