२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला, कार्यसमितिमा को–को छन् ?

३० जेठ , काठमाडौँ । सत्तारुढ नेकपा एमाले काठमाडौंको अध्यक्षमा दीपक निरौला निर्वाचित भएका छन् । आज ९मंगलबार० मतदान प्रक्रियामा ३७० मत प्राप्त गरी निरौला निर्वाचित भएका हुन् ।

उनका प्रतिष्पर्धी निर्मल देउलाले १९१ मत पाएका थिए । निरौला निवतर्मान अध्यक्ष थिए भने देउला महानगर कमिटीको पूर्व अध्यक्ष थिए । पदाधिकारीहरुमा पनि निरौला निकटहरु नै विजयी भएका छन् । जसअनुसार उपाध्यक्षमा विश्वराम सापकोटाले देउला निकट नवराज पराजुलीलाई पराजित गरेका छन् । सापकोटाले २६४ र पराजुलीले १७४ मत पाएका थिए ।

सचिवमा राजेश शाक्य ३७० मत ल्याएर विजयी भएका छन् भने सत्यनारायण डंगोल १९१ मत ल्याएर पराजित भएका छन् ।त्यस्तै उपसचिवमा निरौला समूहबाटै उद्धव भण्डारी र बिन्दू महर्जन विजयी भएका छन् । देउला प्यानलबाट उपसचिवमा गुन्जमान सींह बस्नेत र तारा भण्डारीको उम्मेद्वारी थियो । शनिबारबाट सुरु भएको सातौं जिल्ला अधिवेशन अध्यक्ष केपी ओलीले उद्घाटन गरेका थिए । नयाँ नेतृत्वका लागि मंगलवार विद्युतीय मेसिनबाट मतदान भएको थियो ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस