काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ को २३ औं खेल नेपाल र श्रीलंकाबीच हुँदैछ । बिहान ५ः१५ का लागि तय भएको खेल हुने स्थान अमेरिकाको फ्लोरिडामा भीषण बर्षा भएका कारण ढिला भइरहेको छ । अहिले बर्षा पूर्ण रुपमा रोकिएको छ ।
ग्राउण्डस्म्यानहरुले मैदानमा जमेको पानी बाहिर निकालिसकेका छन् । अबको ३० मिनेटमा मैदान जाँच गर्ने आईसीसीको खेल आयोजक टीमले निर्णय लिएको छ । मैदान गलेको अवस्थामा नरहेमा खेल गर्ने निर्णय लिनसक्ने देखिन्छ । हिलो नै रहेछ भने आजको खेल स्थगित हुन्छ ।