२०८१ भाद्र ३१ गते सोमवार | 2024 September 16th Monday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

नेपाली मन्दिर घुमेको तस्विर राख्दै पहिले नै क्यानडा पुगेका थिए सन्दीप, यसकारण राखियो गोप्य

काठमाडौं । नेपालका स्टार स्पिनर सन्दीप लामिछाने विश्वकप खेल्दै छन् । अमेरिकाले भिसा नदिएपछि वेस्ट इन्डिज (क्यानडा) मा उनले विश्वकप खेल्ने पक्का भएको छ । तर उनको यो यात्रा भने रोचक तरिकाले भयो । क्यानडा संयुक्त राज्य अमेरिकाको छिमेकी देश हो । क्यानडा उत्तर अमेरिकाको उत्तरमा स्थित संसार को दोस्रो सबै भन्दा ठूलो देश हो। यसको दक्षिण र उत्तर–पश्चिममा संयुक्त राज्य अमेरिका सँग भूसीमाहरू मिल्छ।

संयुक्त राज्य अमेरिकाले भिसा नदिएको अवस्थामा उसलाई नै चुनौती हुनेगरी सन्दीप क्यानडा पुगेका छन् । यसले पहिलो पटक विश्वकप खेलेको अमेरिका अविजित रहँदै उपाधिको दावेदार हुँ भन्ने सन्देश दिइरहेका बेला अर्को सन्दीपले सबै खेल खेल्न पाएको भए अर्को चरणमा प्रवेश गरेर अमेरिकालाई नै धुलो चटाउछन् भन्ने डरले मात्र सन्दीपलाई भिसा नदिएको भन्ने विश्व समुदायमा सन्देश पुगेको छ । यो सन्देश दिन सन्दीप एक हप्ताअगाडि नै सुटुक्क क्यानडा प्रस्थान गरेको रहस्य खुलेको छ । क्यानका अध्यक्ष चतुर बहादुर चन्दले यस्तो खुलासा गरेका हुन् । सन्दीप विश्वकप खेल्न वेस्ट इन्डिज जान लागेको विषयलाई क्यानले अत्यन्तै गोप्य राख्यो । यसका पछाडि धेरै कारणहरू छन् ।

क्यानडामै रहेका बेला ७ जूनमा फेसबुकमा सन्दीपले मनकामना मन्दिर दर्शन गरेको फोटो राखे । सबैले अनुमान लगाए, विश्वकप खेल्न नपाएका सन्दीप मन्दिर डुल्दै मन भुलाइरहेका छन् । तर, त्यस बेला सन्दीप क्यानडामा अभ्यास गरिरहेका थिए । क्यान अध्यक्ष चन्दले एक अन्तरवार्तामा एक हप्ताअगाडि नै सन्दीप नेपालबाट प्रस्थान गरेको खुलासा गरेपछि यो विषय बाहिर आएको हो ।

सन्दीपको वेस्ट इन्डिज यात्राबारे चन्दले भने– ‘अफिसियल्ली हिजो मात्रै वेस्ट इन्डिज पुगेको हो । तर, एक हप्ता अगाडि नै उ नेपालबाट हिँडेको कसैलाई थाहा थिएन । टोरन्टोबाट वेस्ट इन्डिजको सेन्ट भिन्सेन्टका लागि रेगुलर फ्लाइट हप्तामा एक दिन मात्रै हुँदो रहेछ । क्यानले चार्टर फ्लाइट गर्न सक्ने अवस्था थिएन । त्यसैले उसलाई एक हप्ता अगाडि नै बोलाएर राखियो ।’

क्यानडामा सन्दीपलाई क्रिकेट एकेडेमीमा राखिएको थियो । त्यहाँ उनले नियमित अभ्यास गरिहरेका थिए । चन्दका अनुसार नेपालका भूतपूर्व प्रशिक्षक पुबुदु दासानायकेले सन्दीपलाई सहयोग गरेका थिए । सन्दीपलाई वेस्ट इन्डिज पुर्‍याउन क्यानका सचिव पारस खड्का र म्यानेजर विनोद दासलाई आफूले सबै जिम्मा दिएको थियो ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस