२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

‘विदेशी नागरिकता लिएका कर्मचारीलाई कारबाही गर्नुपर्‍यो’ : सांसद पन्त

३० जेठ, काठमाडौँ । सत्ता साझेदार नेकपा एमालेका सांसद रघुजी पन्तले विदेशी नागरिकता लिएका कर्मचारीबारे संसदलाई जानकारी गराउन माग गरेका छन् । विदेशी नागरिकता लिएका कर्मचारीलाई कारबाही गर्न भनेर अख्तियारले पत्र लेखे पनि प्रधानमन्त्री कार्यालयले एक्सन नलिएको उनले आरोप लगाए ।

आज बसेको प्रतिनिधि सभा बैठकको शून्य समयमा सांसद पन्तले नेपाल सरकारको विशिष्ट श्रेणीका कर्मचारीले समेत विदेशी नागरिकता लिएको समाचार आएको भन्दै उनीहरूको जानकारी दिन माग गरेका हुन् ।

‘नेपाल सरकारको नुन खाँदाखाँदै विदेशी नागरिकता लिन रहर लाग्ने महानुभाव को–को रहेछन् जानकारी पाउनु पर्‍यो,’ सांसद पन्तले भने । पिआर भएका कर्मचारीको दोहोरो नागरिकता छ कि छैन भनेर अख्तियारले लेखेको चिठी प्रधानमन्त्री कार्यालयमा रोकिएको उनको भनाइ छ । ‘त्यो चिठी बल्लबल्ल फेला परेको छ रे, कारबाहीका लागि लेखिएको छ रे,’ उनले भने ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस