२०८१ असोज ४ गते शुक्रवार | 2024 September 20th Friday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

एकल अंकले बढ्यो नेप्से, कारोबार ५ अर्ब ८९ करोडमाथि

३० जेठ, काठमाडौँ । आज बुधबार ६.३८ अंकले नेप्से बढेको छ । आज नेप्से ०.३० प्रतिशतले बढेर २१२१.६२ विन्दुमा पुगेको छ ।

आज ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार रुपैयाँ बराबरको १ करोड २९ लाख ५० हजार ४०७ कित्ता शेयर ७४ हजार ७४ हजार ८५८ पटक किनबेच भएको छ ।

बुधबार ३१२ वटा कम्पनीको शेयर कारोबार हुँदा ११९ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ११५ कम्पनीको शेयर मूल्य घटेको छ । १३ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । आज सेन्सेटिभ इन्डेक्स १.६७ अंकले, फ्लोट इन्डेक्स ०.५२ अंकले र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.६० अंकले घटेको छ।

बुधबार १३ समूहमध्ये ९ समूहको शेयर मूल्य बढेको छ भने ४ समूहको शेयर मूल्य घटेको छ । सबैभन्दा बढी लघुवित्त समूहको ४१.२७ अंकले बढेको छ भने सबैभन्दा बढी निर्जीवन बीमा समूहको ५३.२० अंकले घटेको छ ।

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस