२०८१ भाद्र २३ गते आइतवार | 2024 September 8th Sunday

Preeti To Unicode   www.en.janaboli.com      www.pressadda.com

दाङबाट काठमाडौं आउँदै गरेको बस दुर्घटना, ४३ जना घाइते

३० जेठ, काठमाडौँ । रूपन्देहीमा बस दुर्घटना हुँदा ४३ जना घाइते भएका छन् । दाङबाट काठमाडौं आउँदै गरेको रा १ ख २७८३ नम्बरको बस गए राति ११ः५० बजे रूपन्देहीको सैनामैना नगरपालिका–१० सालझन्डी बजारस्थित पुलमा बिग्रेर राखेको लु१ख ६८७ नम्बरको बालुवा बोकेको ट्रकमा ठोक्किँदा दुर्घटना भएको हो ।

दुर्घटनामा बस चालक र यात्रुसहित ४३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी डिएसपी मनोहरप्रसाद भट्टले बताए । घाइतेलाई चौराहा हस्पिटल बुटवल, एडमनसीटी हस्पिटल बुटवल र हिराचन्द्र हस्पिटल सालझण्डीमा उपचारका लागि लगिएकोमा आज बिहानसम्म १९ जना डिस्चार्ज भइसकेका छन् । अन्य २४ जनाको उपचार जारी छ । बसका सहचालक गम्भीर घाइते छन् । उनको पहिचान खुल्न सकेको छैन ।

 

प्रकाशित मिति : २०८१ जेष्ठ ३० गते बुधवार
प्रतिक्रिया दिनुहोस